तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु 

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको सचिवालय बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने नेकपा एमालेले जनाएको छ । 

बैठकमा अध्यक्ष केपी  शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थिति रहेको छ । 

आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले आज बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button