तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवाका शैक्षिक संस्थामा पाँच दिन बिदा

नेपालगञ्ज । गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले पाँच दिन गर्मी बिदा दिएको छ । 

आजदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका पालिकाहरूले गर्मी बिदा दिएका हुन् । यसअघि नेपालगञ्ज, कोहलपुर र खजुराले पाँच दिन बिदा दिएका थिए । यी पालिकाहरूमा जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म गर्मी बिदा दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button