सोलुखुम्बुमा सवारी साधनको चेकजाँचलाई कडाइ गर्दै ट्राफिक प्रहरी

सोलुखुम्बु । सोलुखुम्बु ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले सोलुखुम्बुबाट छुट्ने लामो दुरीका सवारी साधनको चेकजाँचलाई गरेको छ ।
जिल्लाबाट तराईसहित काठमाडौँ लगायतका स्थानका लागि छुट्ने जिप तथा बसहरूले चलानी नबोकी हिँड्ने गरेको गुनासो आएसँगै प्रहरीले चेक जाँचलाई तीव्रता दिएको जनाएको छ ।
जिल्लाका केही यातायात व्यवसायीहरूले चलानी नबनाउने, यात्रुलाई टिकट नदिने, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गर्ने गरेको सूचनाको आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचलाई तीव्रता दिएको ट्राफिक इन्चार्ज कृष्णकुमार कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, अस्थायी प्रहरी चौकी दोर्पुले गरेको संयुक्त चेकिङमा चलानी विना छुटेका केही सवारी साधनहरूलाई कारबाही गरिएको छ । चलानी नबनाई सवारी छुट्दा सवार हुने यात्रुको नामको रेकर्ड नहुने भएकाले दुर्घटना भइहालेको खण्डमा समस्या हुने प्रहरीको भनाइ छ ।
यात्रुको नामको अभिलेख नराख्दा आफूखुसी बढी भाडा लिने क्रम मौलाउने भएकाले यात्रा गर्दा टिकट अनिवार्य लिन समेत ट्राफिक प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्