तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट ६ लाखको क्षति

बीरगंज  । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ पश्चिम देकुलीमा बृजलाल दास थारुको घर गोठमा आगलागी भएको छ । 

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घर गोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

गए राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिनभयो । 

आगलागीमा परि दुई वटा भैँसी पनि जलेर गम्भीर घाइते भएको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button