तपाईँ सुन्दै हुनुहुन्छः

सदनलाई प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग 

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सभामुखसँग समय लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले गर्नुहुने भनिएको अमेरिकाको भ्रमणका विषय सदनलाई जानकारी हुनुपर्ने भन्दै राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्ष दलसँग पनि परामर्श र छलफल गर्नुपर्ने बताउनुभयो ।  

उहाँले नेपाललाई भूराजनीतिको द्वन्द्वको थलो बनाउन नहुने भन्दै सन्तुलित परराष्ट्र नीतिमा  सचेत रहनुपर्ने बताउनुभयो । 

बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले निर्वाचनमा घरघरमा मतपत्र पु¥याउन सक्ने तर पाठ्यपुस्तक नसक्ने भन्दै तत्काल विद्यार्थीको हातमा पुस्तक पु¥याउन सरकारसँग माग गर्नुभयो । 

सांसदहरुले समयमै रासायनिक मल दिनुपर्ने, दलित बालकलाई गुरुकुलबाट निकाल्नेलाई कारबाही गर्नुपर्ने, गत वर्ष विपदबाट पीडित बनेका नागरिकलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । 

सांसदहरुले नागरिकता विधेयक पास गरी नागरिकताबाट वञ्चित जनतालाई राहत दिनुपर्ने, कर्णालीका सडक र पुल कम गुणस्तरीय भएको, निजगढ विमानस्थल आवश्यक भएकोले तत्काल निर्माण थाल्नुपर्ने माग राख्नुभयो । 

आजको बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेले, कृष्णभक्त पोख्रेलले, शेर बहादुर तामाङले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

छलफलमा शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय अन्तर्गतको शीर्षकहरूमाथि सांसदहरुले आफ्नो धारणा राख्नुहुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button