चट्याङ लागेर मरे चार चौपाया
लमजुङ । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर ४ चौपाया परेका छन् ।
सन्जापुका स्थानीय आशबहादुर गुरुङको गोठमा बाँधिएका ३ बटा भैँसी र १ वटा राँगो गए राती चट्याङ लागेर मरेका हुन् ।
चट्याङका कारण राँगा र भैँसी मर्दा करिब २ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्