टिकौली जङ्गलमा एक जना पुरुष मृत भेटिए
चितवन । चितवनमा एक जना पुरुष मृत भेटिएका छन् ।
जिल्लाको भरतपुर महानगरपालिका— १२ स्थित टिकौली जङ्गलमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शनिबार) बिहान ८ बजे उक्त जङ्गलमा भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मृतकको नाम गोप्य राखेको छ । मृतकले आत्महत्या गरेको प्रहरीले आशङ्का गरेको छ ।
शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ








प्रतिक्रिया राख्नुहोस्