ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा शनिबार बिहान ९ बजेतिर से १ त ९६६८ नम्बरको ट्र्याक्टरले बाटो किनारमा रोकिराखेको से २ प ५६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने ३५ वर्षीय तेजसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
“ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते हुनु भएका धामीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिए पनि उपचारका क्रममा उहाँको मृत्यु भएको हो” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले भन्नुभयो । उहाँका अनुसार, वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ट्र्याक्टर चालक २५ वर्षीय राकेश रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्