तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार माध्यमको विकासको लागि सुझाव सङ्कलन गोष्ठी सम्पन्न

बारा । मिडिया काउन्सिल मधेस प्रदेशले सर्लाही जिल्लाको मलंगवामा सञ्चार माध्यमको विकासका लागि सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा बारा, पर्सा, रौतहट र सर्लाहीका पत्रकारहरूको सहभागिता थियो । गोष्ठीमा सञ्चार माध्यमको विकासको लागि पत्रकारहरूले लिखित रूपमै सल्लाह सुझाव दिएका थिए । पत्रकारहरूले काउन्सिललाई पत्रकार तथा सञ्चार माध्यमको विकासमा गम्भीर बन्न आग्रह गरेका थिए ।

मधेस प्रदेश नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेश कर्णले पत्रकारहरूको अवस्था चित्रण गर्दै आर्थिक तथा सामाजिक रूपले सञ्चार माध्यमहरूको विकासमा जोड दिनुभएको थियो ।

मिडिया काउन्सिल मधेस प्रदेश जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत मुनेस यादवले पत्रकारहरूबाट सङ्कलन भएको सल्लाह सुझावहरू केही परिमार्जित गरी काउन्सिलको बुलेटिनहरूमा प्रकाशन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button