तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला

बारा । बारामा हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने बर्ष ६५ का अहमद मिया चुरिहारको शव फेला परेको हो । भीआईपी इँटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा चुरिहारको शव भेटिएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button