पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध अमेरिकी संसदकाे छानबिन समितिद्वारा सार्वजनिक सुनुवाइ सुरु

काठमाडौं । सन् २०२१को जनवरीमा अमेरिकी संसद भवन युएस क्यापिटलमा भएको दंगालाई लिएर अमेरिकी संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ सुरु गरेको छ ।
सुनुवाइ क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको बताउनु भयो ।
संसदीय समितिमा रहेका प्राय सदस्यहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाएका छन्
गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरूले राष्ट्रपति बाइडनको चुनावी विजय प्रमाणीकरण हुनबाट रोक्न अमेरिकी संसद भवनमा दंगा मच्चाएका थिए ।







प्रतिक्रिया राख्नुहोस्