तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको कपास उद्योगमा आगलागी

रुपन्देही । रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका– ६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा आज बिहानदेखि आगो लागेको हो ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकलसहित तीन वटा दमकल प्रयोग भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,जनप्रतिनिधि,नगर प्रहरी र स्थानीयहरू घटना स्थलमा छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button