तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरूलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएकोले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओलीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button