तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर, झापा । प्रहरीले झापाको बिर्तामोडबाट नगद र लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले गोप्य सूचनाका आधारमा आज स्थानीय डिजेन राजवंशीको घर खानतलासी गर्दा लागु औषध ब्राउन सुगर १५ ग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँसहित बिर्तामोड–५ का ४८ वर्षीय डिजेन राजवंशी र पाँचथरका २२ वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा पाँचथरका गुरुङ पनि संलग्न रहेको जानकारी पाए लगतै गुरुङलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button