सिम्रौनगढको कार्यपालिकामा काँग्रेसको पुरै प्यानल निर्वाचित
बारा । सिम्रौनगढको नगरपालिकाको कार्यपालिकामा काँग्रेसको पुरै प्यानल निर्वाचित भएको छ ।
सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै नेपाली काँग्रेसको पुरै प्यानलसहित निर्वाचित भएको हो ।
कार्यपालिकामा काँग्रेसबाट महिला सदस्यहरूमा कान्ती देवी कोईरिन, जसपतिया देवी यादव, मिना कुमारी सन्न्यासी, सकुन्ताला देवी र सुनिता देवी तत्मा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, अल्पसङ्ख्यकमा उपेन्द्र प्रसाद जयसवाल, अर्शिवाद ठाकुर र जवाहर साह कानु निर्वाचित हुनुभएको सिम्रौनगढ नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
५७ जनामा नेपाली काँग्रेसको ३६ जना, लोसपाको मेयर, उपमेयर गरी १६ जना र नेकपा एसका ५ जना निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसको पुरै प्यानल जितेसँगै कार्यपालिकामा बहुमत प्राप्त गरेको हो ।
लोसपा भने कार्यपालिकामा अल्पमतमा परेका छन् । २१ जनाको कार्यपालिका बोर्डमा भने नेपाली काँग्रेस १६ जना भयो भने लोसपा ४ र नेकपाका एसका १ जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्