तपाईँ सुन्दै हुनुहुन्छः

शपथ सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश 

काठमाडौँ । शपथ सम्बन्धी विधेयक,२०७८ राष्ट्रिय सभामा पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शपथ सम्बन्धी विधेयक,२०७८ राष्ट्रिय सभामा पेश गर्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८, मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८,मुस्लिम आयोगको वार्षिक प्रतिवेदन ,२०७६/०७७ ,२०७७/२०७८ र नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७७/२०७८ सभासमक्ष पेश गर्नुभयो ।

यसअघि विशेष समयमा बोल्दै सांसदहरुले वर्षा याममा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरू तुलसा कुमारी दाहाल, अनिता देवकोटा र भुवन बहादुर सुनारले वर्षा याममा बाढी, पहिरो र डुबानबाट वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी कार्य योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button