तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर जिससमा काँग्रेसको प्यानल निर्विरोध

महेन्द्रनगर। जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काँग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिसस प्रमुखमा काँग्रेसको मात्र उम्मेदवारी परेको थियो ।

जिसस उपप्रमुखमा काङ्ग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिसस सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button