तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ। दुई दिनदेखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँ ठाउँमा खसेका पहिरोले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button