तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा जिससमा काँग्रेसको प्यानल निर्विरोध

धनुषा। जिल्ला समन्वय समिति धनुषामा नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुधवार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा काँग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित हुनुभएको छ । जिसस सदस्यमा पनि काँग्रेसको मात्रै उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button