तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा चट्याङ्ग लागेर  एकको मृत्यु 

लहान । सिरहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धनगढीमाई नपा १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको हो ।

घरमै बसिरहेका उनको आज बिहान हावाहुरी, पानी सँगै परेका चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि धनगढीमाई नपा ९ स्थित आरके मेरीसीटी अस्पताल ल्याएपनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । 

त्यसैगरी, मिर्चैया नपा ९ देउरालीका ५६ कुमलाल योञ्जन चट्याङ लागेर घाइते भएका छन् । घर नजिकै रहेको गोठमा बसिरहेका बेला परेको चट्याङ्ग लागेर सामान्य घाइते उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button