भरतपुर नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित
चितवन । भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका ८ जना नै निर्वाचित हुनुभएको हो ।

निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आबद्ध नेपाली काँग्रेसका गोपाल दराई, नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी रहनुभएको छ ।
महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली काँग्रेसकी नर्वदा सापकोटा, शारदा पोखरेल, सिर्जना अधिकारी, सुकमाया विक र नेकपा (माओवादी केन्द्र)की बिना नेपाली निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्