प्लान इन्टरनेशनलद्वारा “लाउडर देन वर्डस्” प्रकाशित
ललितपुर । प्लान इन्टरनेशनलले बाल विवाह तथा जबरजस्ती हुने विवाह उन्मूलन गर्नका लागि युवा सक्रियतालाई जोड दिँदै शब्द भन्दा ठूलो “लाउडर देन वर्डस्” सङ्ग्रह प्रकाशन गरेको छ ।

टाइम टु एक्ट भनिने क्षेत्रिय पहलमा विकसित गरिएको सङ्ग्रहमा एसियाका विभिन्न देशका किशोरकिशोरीहरुको आवाज समेटिएको छ ।
पुस्तक किशोरकिशोरीको सक्रियतालाई प्रतिबिम्बित गर्दै उनीहरूसँगको सहकार्यको स्वरूप निमार्ण गरिएको जसले बालविवाह तथा जबरजस्ती हुने विवाहको जडको पहिचान गरी यसको रोकथामका लागि कार्य गर्ने प्लानले इन्टरनेशनलले जनाएको छ ।
प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार र किशोरीहरूको समानताका लागि क्रियाशील विकास र मानवीय सहायता सम्बन्धी संस्था हो । प्लान इन्टरनेशनल नेपालले सन् १९७८ देखि नेपालमा पिछडिएका बालबालिका, उनीहरूका परिवार र समुदायका लागि जीवनयापन, संरक्षण र सहभागितामा उनीहरूको अधिकारको पहुँच दिलाउन काम गर्दै आएको छ । स्थानीय साझेदार र सरोकारवालाहरूसँगको समन्वयमा संस्थाले अहिले नेपालका १२ वटा जिल्लामा काम गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्