सप्तरीमा विङ्गर दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते
सप्तरी । सप्तरीमा आज विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–५ मुसहरनियाँ बसविट्टीमा राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्बरको विङ्गर अनियन्त्रित भएर दुर्घटना हुँदा रुपनी गाउँपालिका–१ नकटी रायपुरका ६८ वर्षीया तारावतीदेवी यादवको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा रुपनी–२ की ३० वर्षीया निर्मला देवी मण्डल, ३ की ३२ वर्षीया गौरी मण्डल र ३ कै ३४ वर्षीय रामा कुमार साह ,शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवती देवी साह, वडा नम्बर ११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ की ३३ वर्षीया लिला देवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा घाइते हुनुभएको छ ।
त्यस्तै सिरहाको कर्जनहा नगरपालिका–८ का ३६ वर्षीय ओमनारायण पासवान, उनकी ३१ वर्षीया पत्नी ईन्द्र देवी पासवान र उनका ७ वर्षीय छोरा आनन्द पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते सबैको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्