मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
सुनसरी । मोरङको रतुवा माई नगरपालिका १ हटिया डाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९ का २४ वर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० वर्षीय किसन कुमार कामत सामान्य घाइते भएका छन् ।
हिजो बेलुका साँढे ५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका शर्माको रङ्गेली अस्पतालमा हिजै बेलुका मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्