तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कठौनामा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ स्थित कठौनामा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

पङ्खा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा स्थानीय ३० बर्षीया नजिरा खातुनको बिहान ११ बजे मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते खातुनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्ने क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

मृतक खातुनको शव परीक्षणका लागि सिराहाको लहान अस्पताल लगिएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button