बाघको आक्रमणबाट कैलालीमा एक महिला घाइते
टीकापुर कैलाली। बाघको आक्रमणबाट कैलालीमा एक महिला घाइते भएकी छन् । घोडाघोडी नगरपालिका वडा नम्बर ८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । बाघको आक्रमणबाट उनको मुख, हात र टाउकोमा चोट लागेको छ । आक्रमणबाट घाइते बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो । आक्रमण गर्ने बाघ पनि घाइते भएको र घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्