तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता नभएका ज्येष्ठ नागरिकलाई मासिक रु २ हजार दिने मेयर साहको उद्घोष 

बारा । कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले नागरिकता नभएका ज्येष्ठ नागरिकलाई रु २ हजार मासिक भत्ता दिने उद्घोष गर्नुभएको छ । 

कलैयामा सामाजिक सुरक्षा सम्बन्धी पुनरताजगी तालिमलाई आइतबार सम्बोधन गर्दै मेयर साहले नागरिकता नभएका ज्येष्ठ नागरिकहरूलाई पनि बोर्ड बैठकबाट पारित गरी मासिक रु २ हजार दिने उद्घोष गर्नुभएको हो । 

नागरिक अभावका कारण कलैया उपमहानगरपालिकामा धेरै ज्येष्ठ नागरिकहरू भत्ताबाट वञ्चित हुनु परेको छ । मेयरको उद्घोषलाई नगरवासीहरूले बधाई दिएका छन् । सो अवसरमा ज्येष्ठ नागरिक समाजका अध्यक्ष भरत बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button