तपाईँ सुन्दै हुनुहुन्छः

बाङ्ग्लादेशको कन्टेनर डिपोमा विस्फोट :  १६ जनाको मृत्यु, कैयौँ घाइते

काठमाडौं । बाङ्ग्लादेशको एक डिपोमा भएको विस्फोटमा परी कम्तीमा  १६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी कैयौँ व्यक्ति घाइते भएको बिबिसीले जनाएको छ । 

दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । आगलागीको कारण हालसम्म खुलिसकेको छैन।

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोल उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button