मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका-२३ कोइला डिपो अगाडी वीरगन्ज पथलैया सडक खण्डमा सो दुर्घटना भएको हो । जितपुर तर्फबाट वीरगन्जतर्फ जाँदै गरेको प्र.२–०३–०२२ प.५३०८ न.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–६ का ३५ वर्षीय रञ्जित डोकानियाको मृत्यु भएको हो ।
घाइते डोकानियाकी पत्नी ३३ वर्षीया कृति र छोरा ५ वर्षीय बोटलाको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्