निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गरिएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई निर्वाचनलाई प्रभाव पार्ने गरी प्रशिक्षण, गोष्ठी आयोजना नगर्न र नगराउन सरकार, प्रदेश सरकार, राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गरेको हो ।
जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । हाल निर्वाचन सुरु भइसकेपछि कानुनमा उल्लिखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने र बिचमा रोक्न नमिल्ने भएकाले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि यस्ता कार्यक्रम नगर्न भनिएको हो ।








प्रतिक्रिया राख्नुहोस्