बझाङमा यार्सा सङ्कलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु
बझाङ । बझाङमा यार्सा सङ्कलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहनुभएको छ ।
बिहीबार राती करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो । उहाँसँग रहेका अरू भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।
मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । बझाङमा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरू घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेक तर्फ गएका छन् ।








प्रतिक्रिया राख्नुहोस्