तपाईँ सुन्दै हुनुहुन्छः

कामना बैङ्कद्वारा प्रहरी बिट हस्तान्तरण

सुर्खेत । कामना सेवा विकास बैङ्कले प्रहरी बिट मर्मत गरी हस्तान्तरण गरेको छ । बैङ्कले आन्दोलनकारीद्वारा तोडफोड गरी फालिएका प्रहरी विटलाई मर्मत गरी प्रहरीलाई नै हस्तान्तरण गरेको हो । 

सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न चोकमा तोडफोड फालिएका प्रहरी विटलाई मर्मत गरी प्रहरीलाई हस्तान्तरण गरिएको बैङ्कका सुर्खेत शाखा प्रबन्धक रवि ढकालले जानकारी दिनु भयो । 

उहाँले मुनाफा केन्द्रित व्यवसायमा  मात्र सीमित नभई बैङ्कले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक तथा सृजनात्मक क्रियाकलापहरू गर्दै आइरहेको बताउनु भयो । 

प्रहरी विट हस्तान्तरण कार्यक्रममा बैङ्कका शाखा प्रबन्धक ढकाल, कर्जा प्रमुख उमेश थापा, प्रहरी सहायक निरीक्षक संदीप ओलीलगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button