४० लाख मूल्य बराबरको अवैध समानसहित एक जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–४ बाट राजश्व छली गरी अवैध रुपमा ल्याइएको ४० लाख मूल्य बराबरको समानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् ।
चौधरीले बिआर ३३ जीबी २६२७ नम्बरको ट्याक्टरमा मोटर पार्टस्, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडालगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलिको सामान विराटनगर बाट इटहरीतर्फ लाँदै गरेको अवस्थामा विराटनगर–४ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध समानसहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टरसहित आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्