त्रियुगा खोलामा पौडी खेल्न क्रममा डुबेर एक जनाको मृत्यु
सप्तरी । त्रियुगा खोलामा पौडी खेल्न क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ रामपुर लालसिसुवा बस्ने ३२ वर्षीय प्रविन खत्रीको डुबेर मृत्यु भएको हो ।
आज दिउँसो २ः०० बजेको समयमा तीन जान साथीसँग पौडी खेल्न गएको बेला उनी खोलामा पौडि खेल्ने क्रममा बेपता भएका थिए । बेपता भएको खबर लगतै सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा खोज तलास गर्ने क्रममा खोलाले बगाएको र ३ सय मिटर पूर्व दक्षिणस्थित खोलामा उनको शव फेला परेको सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्