तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताको लागि स्थगित
पोखरा । तारा एयरले पोखरा–जोमसोम उडान स्थगित गरेको छ ।
वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउने गरी नाइनएन–एईटी ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परेपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो ।
एक हप्ताको लागि पोखरा–जोमसोम उडान स्थगित गरेको तारा एयरले जनाएको छ । तारा एयरले विशेष कारणवश जेठ २० शुक्रवारदेखि २७ गतेसम्म नियमित उडानहरू हाललाई स्थगित गरिएको सूचना जारी गरेको छ ।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्