जनता आवास कार्यक्रम बाराका संयोजक साहद्वारा पदबाट राजीनामा

बारा । जनता आवास कार्यक्रम बाराका संयोजक पारस प्रसाद साहले संयोजक पदबाट राजीनामा दिनुभएको छ ।
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को ख का प्रदेशसभा सदस्य समेत रहनुभएका साहले मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई राजीनामा पत्र पनि बुझाउनुभएको हो ।
जनता आवास कार्यक्रम सञ्चालनका लागि बारा जिल्लाको संयोजक आफु भए पनि सहरी भवन कार्यालयका प्रमुखले गरेको मनोमानीमाथि आफूले चासो राख्दा नटेरेको, प्रदेशका मुख्यमन्त्री र सम्बन्धित मन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरेपछि आफूले राजीनामा दिएको साहले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्