नेपाल र इजरायलबीच द्विपक्षीय सम्बन्ध सुमधुर : मन्त्री कार्की

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र इजरायलबीच विगत ६२ वर्षदेखि द्विपक्षीय सम्बन्ध सुमधुर रहेको बताउनुभएको छ ।
काठमाडौँको सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले विगत ६ दशकमा नेपाल र इजरायलको द्विपक्षीय सम्बन्ध कृषि, रोजगारी, विकास सहकार्य लगायत विभिन्न क्षेत्रमा थप विस्तार भएको बताउनुभयो ।
मन्त्री कार्कीले नेपाल र इजरायलबीच सिधा हवाई उडान हुनसकेको खण्डमा दुई देशबीचको व्यापार र पर्यटनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि इजरायलका राजदूत खनान गोदेरले नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गरेको साहसी निर्णयका कारण इजरायललाई मान्यता दिने नेपाल पहिलो दक्षिण एसियाली राष्ट्र भएको स्मरण गराउनुभयो ।
कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र प्रदीप ज्ञवाली र पूर्व पर्यटनमन्त्री हिसिला यमी लगायतका वक्ताले इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानको आह्वान गर्नुहुँदै, नेपाल इजरायलको सुरक्षा चासोप्रति सचेत हुनपर्ने विचार राख्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्