सुनसरीको भोक्राहामा हेल्प डेस्क सञ्चालन
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको वडा न.७ मा हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले निर्वाचन भन्दा पहिला जनतासँग गरेका बाचा, प्रतिबद्धता तथा घोषणापत्रमा उल्लेख गरेका बुँदा मध्येको हेल्प डेस्क वडा नम्बर ७ बाट सञ्चालन गरेको बताउनुभयो ।
हेल्प डेस्कबाट कम्प्युटर टाइपिङ, प्रिन्टिङ, स्क्यानिङ, इमेल, इन्टरनेट, निवेदन लेख्ने तथा विभिन्न फारामहरू भर्ने लगायतका सुविधाहरू सेवाग्राहीहरूलाई निःशुल्क दिइने गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्