तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा आर्थिकवर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी

काठमाडौँ ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक संकट एकतिर र सरकारले ल्याएको बजेट अर्कोतिर भएकाले बजेटले आर्थिक समस्या समाधान नगर्ने टिप्पणी गर्नुभयो ।

पुर्वअर्थमन्त्री समेत रहनुभएका सांसद पाण्डेले गठबन्धन सरकारले प्रस्तुत गरेको बजेटले अगाडि र पछाडि निर्वाचनबाहेक अरू देख्न नसकेको आरोप लगाउनुभयो ।कृषिमा आधा बजेट छुटाएर दोब्बर प्रगति गर्ने सपना बाँडेको भन्नुहुँदै सांसद पाण्डेले बजेट काल्पनिक मात्रै भएको बताउनुभयो ।

छलफलमा सांसद पद्मनारायण चौधरीले बजेटमा कृषिलाई प्राथमिकता दिनु सकारात्मक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button