वालिङ र भीरकोट जोडने झोलुङ्गे पुलको शिलान्यास
स्याङ्जा । स्याङ्जाको दुई नगर जोडने पुलको शिलान्यास गरिएको छ । वालिङ र भीरकोट नगरपालिका जोडने पुलको सङ्घीय सांसद तथा पूर्व मन्त्री पदमा अर्यालले मङ्गलवार शिलान्यास गर्नुभएको हो ।

पुलको शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुट डाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्वित हुने भएका छन् । पुल बनेपछि विशेष गरी विद्यार्थीहरूलाई सजिलो हुने छ । उक्त स्थानका विद्यार्थीहरूले २ घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागी आउनुपर्ने बाध्यता छ ।
वालिङ १४ सिम्लेका यामबहादुर थापाले भन्नुभयो, ‘यो पुल बनेपछि विद्यार्थीहरू पनि सुरक्षित हुन्छन् भने पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण छ ।’
२५० मिटर लामो हुने उक्त पुल यही मङ्सिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्