तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका एक युवा काभ्रेमा मृत फेला 

सल्यान । सल्यानका एक युवा काभ्रेमा मृत फेला परेका छन् ।

जिल्लाको शारदा नगरपालिका १३ का ३५ वर्षीय तोभान राना मृत फेला परेका हुन । काभ्रेको पनौतीमा रिक्सा चलाउँदै आइरहेका राना काभ्रे पनौती नगरपालिका ७ स्थित मानेश्वरी खोला किनारमा मृत फेला परेको प्रहरी चौकी पनौती काभ्रेले जनाएको छ ।

आज बिहान स्थानीयले खोला किनारमा राना मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button