दुई फरार अभियुक्त एक वर्ष पछि पक्राउ

सल्यान । सल्यानले प्रहरीले लेनदेन मुद्दा र हुँडारको छाला ओसार पसार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । आफ्नै घरमा लुकिछुपी बसी रहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
लेनदेनको बिगो मुद्दामा फरार सल्यान बागचौर नगरपालिका १० पिपलनेटाका ४३ वर्षीय देवराज गिरी र हुँडारको छाला ओसारपसार मुद्दामा बागचौर नगरपालिका ६ कोटबाराका ३२ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
लेनदेनको बिगो मुद्दामा दाङ जिल्ला अदालतले २०७८ चैत २५ गते गिरीलाई तिर्नुपर्ने सावाँ व्याज सहित २ वर्ष कैदको फैसला गरेको थियो ।
यस्तै हुँडारको छाला (अखेटोपहार ओसार पसार) मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७८ असार ०६ गते ३५ दिने पक्राउ पुर्जी तामेल गरेकोमा सो अवधिमा निज अदालतमा उपस्थित नभई हालसम्म फरार रहेका थिए ।
आवश्यक कारवाहीका लागि गिरीलाई सल्यान अदालत र बस्नेतलाई दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्