तपाईँ सुन्दै हुनुहुन्छः

गैर आवासीय नेपाली सङ्घद्वारा बजेटको स्वागत

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले आफूहरूले उठाउँदै आएका थुप्रै मागहरूलाई सम्बोधन गरिएको तथा गैर आवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरिएको भन्दै आगामी वर्षको बजेटको स्वागत गरेको छ ।

बजेट मार्फत नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गर्नुका साथै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने घोषणा गर्नु राम्रो पक्ष भएको सङ्घले उल्लेख गरेको छ ।

सङ्घले धितो पत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितो पत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था, उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैर आवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाउने घोषणा गरिनु स्वागत योग्य विषय भएको गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य लगायत तीनै जना अध्यक्षद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button