कारण पत्ता लगाउन दुर्घटना जाँच आयोग गठन
काठमाडौँ । सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन दुर्घटना जाँच आयोग गठन गरिएको जनाएको छ ।
हिजो पोखराबाट जोमसोमको लागि ९. ५५ बजे उडेको १९ यात्रु र ३ चालक दलका सदस्य सवार तारा एयरको जहाज मुस्ताङको थसाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४ हजार ५ सय फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्