भागबन्डाका कारण तनहुँमा खुम्चियो महिला नेतृत्व
तनहुँ । गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबिचको चुनावी तालमेलका कारण महिलाहरू स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् ।

तनहुँमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबन्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमेको महिला नेतृहरू बताउनुहुन्छ ।
गत २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।
गत स्थानीय तह निर्वाचनमा एक जना महिला गाउँपालिका अध्यक्ष र ९ जना महिला नेतृ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए । तर, यो पटक पालिका प्रमुखमा शून्य नै भएको छ महिला नेतृत्व । उपप्रमुख/उपाध्यक्षमा पनि ७ जनामा मात्र सीमित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्