ट्रक दुर्घटनामा चार जनाको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सिराहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपावरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा आज बिहान सडकबाट अनियन्त्रित भई सय मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको सिमरा नगरपालिका–१ का ट्रक चालक ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खड्का, बारा सिमराकै १७ वर्षीय अनोज लामा र अर्का ३७ वर्षीय राजन तामाङको मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्