तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको प्रयोगलाई पारदर्शी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयनमा संसदीय समितिको भूमिका सक्रिय हुनुपर्ने भन्दै राज्यका अङ्गहरूले सूचनाको प्रयोगलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएको छ ।

file photo

आज काठमाडौँमा आयोजित अन्तरक्रियामा संसदीय समितिको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले राज्यलाई भ्रष्टीकरणबाट रोक्न सबै तह र तप्काका पक्षहरू सचेत भई सही सूचना दिनुपर्ने बताउनुभयो ।

सभापति खड्काले कुनै पनि योजनाहरूको लागतका विषयमा पारदर्शिता अपनाउन आफ्नो समितिले सम्बन्धित निकायहरूलाई सधैँ ध्यानाकर्षण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सुशासन, जबाफदेहिता र पारदर्शिता कायम गर्न सूचनाको हकको महत्त्व र प्रयोग प्रभावकारी बनाइनुपर्ने धारणा राख्नुभयो ।

सोही अवसरमा सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले लोकतन्त्रको राम्रो पक्ष भनेकै सूचनाको हक भएको भन्नुहुँदै सङ्घीय संसद्ले संसदीय समिति र सांसदहरूका हरेक क्रियाकलाप खुला राख्ने गरेको धारणा राख्नुभयो ।

संविधानविद् काशीराज दाहालले प्रस्तुत गर्नुभएको सूचनाको हक कार्यान्वयनमा संसदीय समितिको भूमिका विषय कार्यपत्रमाथि विभिन्न राजनीतिक दलका सांसदहरुले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button