तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा-१२ को परीक्षा आजदेखि

काठमाडौं । कक्षा-१२ को परीक्षा आज (सोमबार) देखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु हुने जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा शुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

यस पटक पनि परीक्षा शुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button