स्कारपियोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजर स्थित शनिवार राती स्कारपियोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदे बरसाइन नगरपालिका–५ का ६० वर्षीय सुवेदार मियाँ रहेको सप्तरी प्रहरीले जनाएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००२२ नम्बरको स्कारपियोले सुवेदारलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारको लागि अस्पताल पठाइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्