तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषधसहित ४ जना पक्राउ 

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। शनिवार साँझ जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा मसानघाटबाट १५ दशमलव ९८ ग्राम लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का  कालुराम राना छन्। 

से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइकलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनु भएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धानको भइरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button